Oct 28 2026 | २०८३ कार्तिक १२ गते

छिमेकी मुलुक

भारतबाट १५ हजार कामदार लैजाँदै इजरायल, नेपाल कानूनी प्रक्रियामै अलमल

भारतबाट १५ हजार कामदार लैजाँदै इजरायल, नेपाल कानूनी प्रक्रियामै अलमल

आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । नेपालले कामदार पठाउन अलमल गरिरहेका बेला इजरायली सरकारले भारतबाट १५ हजार कामदार लैजाने तयारी थालेको छ । दुई देशबीचको सम्झौताको एक भागको रूपमा इजरायलले भारतबाट १० हजार कन्सट्रक्शन वर्कर तथा ५ हजार केयर गिभर लैजाने तयारी गरेको भारतीय राष्ट्रिय सीप विकास निगमले बताएको छ ।

    यसअघि इजरायलले १० हजार भारतीय कृषि मजदुर लगिसकेको छ । गत अक्टोबरमा गाजामा इजरायलको युद्ध शुरु भएपछि वर्क परमिट रद्द गरिएका प्यालेस्टिनीहरूलाई बदल्न उनीहरूलाई भर्ती गरिएको थियो । इजरायलले कामका लागि अयोग्य भएका करिब ९० हजार प्यालेस्टिनीहरूलाई प्रतिस्थापन गर्न नेपाल तथा भारतसहितका देशबाट कामदार लैजान खोजिरहेको छ ।

    images

    यसअघि उत्तर प्रदेश, हरियाणा र तेलंगानाका १० हजार कामदार पठाएको भारतले यसपटक महाराष्ट्रबाट पठाउने बताएको छ । इजरायलले फ्रेम वर्क, फलाम बेन्डिङ, प्लास्टरिङ र सिरेमिक टाइलिङमा भारतीय कामदार प्रयोग गर्ने बताएको छ । विदेशी कामदार ल्याउन तीव्रता दिएको  इजरायलले अर्को हप्ता उच्चस्तरीय टोली भारत पठाउँदै छ ।

    इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)ले गोलाप्रथामार्फत २ हजार २ सय ४ जना नेपाली कामदार छनोट गरिसके पनि नेपालमा भने नक्कली कागजात झमेला थपिएको छ ।

    उता कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ)का लागि भाषा परीक्षा पास भएका नेपालीहरूले आफूहरुलाई छिटो कोरिया पठाइदिन आग्रह गरेका छन् । गत वर्ष पानीजहाज निर्माण क्षेत्रमा जान करिब ४ हजार नेपालीले कोरियाली भाषा परीक्षा पास गरेका थिए । अहिलेसम्म १ सय ३७ जनामात्रै कोरिया गएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार