Oct 28 2026 | २०८३ कार्तिक १२ गते

१७ देशका लागि प्रस्तावित राजदूत अनुमोदनबारे आज निर्णय  हुने

१७ देशका लागि प्रस्तावित राजदूत अनुमोदनबारे आज निर्णय  हुने

आइतवार, भाद्र ३० २०८१
  • काठमाडौँ । १७ देशका लागि प्रस्तावित राजदूतहरूको अनुमोदनबारेको निर्णय आज आइतबार हुने भएको छ । 

    गत बिहीबार बसेको समितिको बैठकमा सबै प्रस्तावित राजदूतहरुको कार्ययोजना सुनिसकेपछि अमेरिकासहित चार देशमा प्रस्तावित राजदूतहरूले आफ्नो कार्ययोजना पेश गरिसकेपछि संसदी सुनुवाइ समितिले सरकारबाट भएको सिफारिस अनुसार नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्न लागेको हो ।

    images

    समितिले सरकारबाट भएको सिफारिस अनुसार १३ देशका लागि प्रस्तावित राजदूतहरूले भने यसअघि नै आफ्नो कार्ययोजना पेश गरिसकेका थिए । 

    सबै १७ जना प्रस्तावित राजदूतहरूको कार्ययोजना पेश भएको र अब आइतबार बस्ने बैठकले अनुमोदनबारे निर्णय लिने समितिले जनाएको छ ।

    नेपालको संविधानको धारा, २९२ अनुसार राजदूत पदमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार