काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ ।
एक्स्पोको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी छन् ।
पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि तथा वन नर्सरी र जडीबुटी नर्सरीको एकसाथ हुने बृहत् प्रदर्शनी कार्तिक २१ गतेसम्म चल्नेछ ।



