Nov 03 2026 | २०८३ कार्तिक १८ गते

ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ

ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काका विवरण हेरफेर गर्ने तीनजना पक्राउ

मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-इजीपी) मा अनधिकृत पहुँच पुर्‍याएर विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा संलग्नता खुलेका तीनजनालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार उनीहरूले विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गर्ने गरेका थिए ।

    images

    यस सम्बन्धमा प्राप्त निवेदनमाथि अनुसन्धान गर्दा उनीहरूको संलग्नता खुलेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो ।

    प्रहरी टोलीले उनीहरूलाई कात्तिक १५ गते काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका तीनैजनामाथि विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गतको कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

    उनीहरूमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार