Nov 03 2026 | २०८३ कार्तिक १८ गते

प्रधानमन्त्री बालेनले सबै सचिवलाई छलफलका लागि बोलाए

प्रधानमन्त्री बालेनले सबै सचिवलाई छलफलका लागि बोलाए

सोमवार, कार्तिक १७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सरकारका सबै सचिवलाई छलफलका लागि बोलाएका छन्। सोमबार प्रधानमन्त्री शाहले सबै मन्त्रालय तथा सरकारी निकायका सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन बोलाएका हुन्।

    प्रधानमन्त्रीको बोलावटपछि विभिन्न मन्त्रालय तथा सरकारी निकायका गरी करिब ६० जना सचिव प्रधानमन्त्री कार्यालयमा भेला भएको स्रोतले जनाएको छ।

    images

    प्रधानमन्त्री शाहले सबै सचिवलाई एकै ठाउँमा बोलाएपछि प्रशासनिक कामकारबाही, सरकारी सेवा प्रवाह तथा सरकारका प्राथमिकताबारे छलफल हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, छलफलको औपचारिक एजेन्डा र निर्णयबारे विस्तृत विवरण सार्वजनिक भएको छैन।

    प्रधानमन्त्रीले सबै सचिवसँग सामूहिक छलफल गर्नुलाई सरकार र कर्मचारी प्रशासनबीच समन्वय तथा कार्यसम्पादनका विषयमा संवाद गर्ने प्रयासका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार