Oct 28 2026 | २०८३ कार्तिक १२ गते

योगेशको चेतावनी– मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?

योगेशको चेतावनी– मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ ?

बुधवार, आश्विन २१ २०८३
  • काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी नेतृत्वलाई प्रश्न गरे कारबाही भोग्न तयार हुनुपर्ने पार्टी निर्देशनलाई ‘मकै पर्व’सँग तुलना गर्दै नेतृत्वलाई कृष्णलाल अधिकारीहरू जन्मने चेतावनी दिएका छन्।

    बुधबार सामाजिक सञ्जालमार्फत नेता भट्टराईले सत्ता र शक्तिवालाहरू, आफै कानुनको धज्जी उडाउने, कानुन उल्लङ्घन गर्ने तर अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्ने गर्छन् भन्दै त्यसपछि कृष्णलाल अधिकारीहरू जन्मने बताएका हुन्।

    images

    भट्टराईले विम्बका रूपमा प्रश्न गर्दै नेतृत्वलाई भनेका छन्, ‘सत्ता र शक्तिवालाहरू,आफू कानुनको धज्जी उडाऊँछन, कानुन उल्लङ्घन गर्छन्, अनि अरूलाई कानुन पालना गर्न उर्दी जारी गर्छन्, तब कृष्णलाल अधिकारीहरू जन्मन्छन् र मकैको खेती सुरु हुन्छ, त्यसपछि के हुन्छ?’

    स्मरण रहोस् कृष्णलाल अधिकारीले लेखेको मकैको खेती नामक पुस्तक तत्कालीन राणा शासन ढाल्ने सुत्राधारका रूपमा चिनिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अपानी ३ जारी गर्दै पार्टी नेतृत्वमाथि प्रश्न वा आलोचना गरे कारबाही गर्ने चेतावनी दिएका थिए।

    836725197_1122780320204449_7260344220777826195_n

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार