Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश कटुवालले गराए उम्मेदवारी दर्ता

कांग्रेस केन्द्रीय सदस्यमा प्रकाश कटुवालले गराए उम्मेदवारी दर्ता

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । चर्चित लोकदोहोरी गायक तथा राष्ट्रिय सङ्गीतकर्मी संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    कटुवालले मंगलबार राष्ट्रिय सभा पुगेर पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

    images

    रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका कटुवालले पार्टीको केन्द्रीय नेतृत्वमा भूमिका प्रभावकारी बनाउन उम्मेदवारी दिएको बताए।

    उनले कांग्रेसको संगठनलाई थप सुदृढ र चलायमान बनाउन, युवाको सहभागिता बढाउन तथा रामेछापका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताए।

    “केन्द्रीय महाधिवेशन प्रतिनिधि केन्द्रमा भोट हाल्न जाने मात्रै होइन, आफ्नो ठाउँको आवाज केन्द्रसम्म पुर्‍याउने जिम्मेवारी पनि हो,” उनले भने।

    कलाकारितासँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय कटुवालले आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाचित गराउने रामेछापका मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको बताए।

    उनले कांग्रेसका सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई पेशागततर्फ केन्द्रीय सदस्य पदमा आफूलाई मत दिएर विजयी गराउन आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार