Oct 28 2026 | २०८३ कार्तिक १२ गते

काठमाडौंमा असिनापानी, यी भूभागमा हुँदै छ वर्षा

काठमाडौंमा असिनापानी, यी भूभागमा हुँदै छ वर्षा

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । देशका केही स्थानमा यति बेला (मंगलबार दिउँसो ३ः१५ बजे) पानी परिरहेको छ । काठमाडौंसहितका केही जिल्लामा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    काठमाडौंका बागबजार, त्रिपुरेश्वरलगायत स्थानमा मेघगर्जनसहित असिनापानी परेको छ । थप पानी पर्ने सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

    images

    “अहिले काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत कोसी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परिरहेको र थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहोला,” महाशाखाले भनेको छ।

    हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार