Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा धरौटीमा छाड्न आदेश दिएको छ।

    जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार प्रसाईंसँग २ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो।

    images

    प्रसाईंलाई असार १२ मा साइबर ब्युरोले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीको आधारमा प्रहरीले उनलाई विद्युतीय अपराध ऐन सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।

    प्रसाईंमाथि युट्युबमार्फत छोराको शवसँग सांसद पद साटेको भन्दै अपमानजनक टिप्पणी गरेकाे आराेप लागेकाे थियाे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार