Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्न न्याय परिषद् बैठक जारी

सर्वोच्च अदालतमा न्यायाधीश सिफारिस गर्न न्याय परिषद् बैठक जारी

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ। सर्वोच्च अदालतको रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक जारी छ। प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा मंगलबार बैठक बसिरहेको छ।

    परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार परिषद् बैठक दिउँसो २ बजेदेखि जारी छ। सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छन्। न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बसेको हो।

    images

    प्रधान न्यायाधीश शर्मा अध्यक्ष रहेको ५ सदस्यीय परिषद्‍मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार