Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बाढीले पुल क्षति पुर्‍याएपछि जोखिम मोलेरै आवतजावत गर्न बाध्य स्थानीय

बाढीले पुल क्षति पुर्‍याएपछि जोखिम मोलेरै आवतजावत गर्न बाध्य स्थानीय

मंगलवार, आश्विन २० २०८३
  • काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ र नुवाकोटको सिमानामा रहेको कोल्पुखोला पुल क्षतिग्रस्त बनाएको छ । गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत पर्ने यो पुल धादिङ, नुवाकोट हुँदै रसुवा जोड्ने मुख्य सडक मार्गमा अवस्थित छ।

    उक्त स्थानमा नयाँ र पुरानो गरी दुईवटा पक्की पुल रहेका छन् । त्रिशूलीमा आएको भीषण बाढीका कारण पुरानो पुल ढल्किएको छ । नयाँ पुलमा बाढीको छालले पुलको जिप (पुलको पिलरमाथि दुवै किनारमा बनाइएको सुरक्षा पर्खाल जसले मुख्य भागलाई दायाँबायाँ चिप्लिन वा खस्न दिँदैन) र ढलान छुट्याइदिएको छ।

    images

    पुल क्षतिग्रस्त बने पनि बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, राहत र औषधि ढुवानीका साथै स्थानीय बासिन्दा यही जोखिमपूर्ण अवस्थामा रहेका पुलबाट आवतजावत गर्न बाध्य छन् । बाढी आएको एक महिनापछि अहिले उक्त पुलको मर्मत–सम्भार कार्य जारी रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार