Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पूर्वप्रधानन्यायाधीशको हकमा यस्तो हुन्छ भने सर्वसाधारणको अवस्था के होला? : सांसद आलेमगर

पूर्वप्रधानन्यायाधीशको हकमा यस्तो हुन्छ भने सर्वसाधारणको अवस्था के होला? : सांसद आलेमगर

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सुरेशकुमार आलेमगरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको कारणबारे राष्ट्रिय मानव अधिकार आयोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले दिएको लिखित बयान सार्वजनिक गर्न माग गरेका छन्।

    राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा बोल्दै उनले पूर्वप्रधानन्यायाधीश जस्तो व्यक्ति पक्राउ पर्नुको वास्तविक कारण थाहा पाउनु नेपाली जनता र सार्वभौम संसद्को अधिकार रहेको बताएका हुन्।

    images

    सांसद आलेमगरले पूर्वप्रधानन्यायाधीश जबरा स्वयं पनि निष्कलङ्क व्यक्ति नरहेको टिप्पणी गरे। जबराको न्यायाधीश कार्यकालमा भएका केही फैसला विवादित रहेको, प्रधानन्यायाधीश हुँदा ठुला मुद्दामा सफाइ दिएको तथा उनीविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले नै आन्दोलन गरेको प्रसङ्ग उनले स्मरण गराए।

    नेपाल बार एसोसिएसनले उनका इजलास बहिष्कार गरेको र उनीमाथि अकुत सम्पत्ति कमाएको आरोपका साथै महाअभियोग प्रस्ताव समेत दर्ता भएको इतिहास रहेको उनले उल्लेख गरे।

    तथापि, जबरा पक्राउको विषयमा आफ्नो चिन्ता व्यक्ति विशेषभन्दा पनि यसले स्थापना गर्ने नजिर र कानुनी शासनमा पार्ने प्रभावप्रति रहेको सांसद आलेमगरले स्पष्ट पारे। संसद्‌मा बोल्दै सांसद आलेमगरले भने, ‘राष्ट्रिय मानव अधिकार आयोगमा एसएसपी सन्तोष खड्काले दिएको लिखित बयान जान्ने अधिकार नेपाली जनता, हामी र सार्वभौम राष्ट्रिय सभालाई छ। त्यसैले उक्त बयान सार्वजनिक गरियोस्। हुन त चोलेन्द्रशम्शेर जबरा कुनै दूधले नुहाएका व्यक्ति होइनन्, उनीमाथि धेरै आरोपहरू थिए। तर आज उनी स्वतन्त्र नागरिक हुन्। पूर्वप्रधानन्यायाधीशको सम्बन्धमा यस्तो अवस्था आउँछ भने हामी जस्ता सर्वसाधारण नागरिकको अवस्था के होला?’

    काठमाडौँमा सञ्चालित कानुनी राज्यमा सरकारले नियम र कानुनलाई मिचेर अघि बढ्न नमिल्नेतर्फ उनले सरकारलाई सचेत गराएका छन्। व्यक्ति जोसुकै भए पनि पक्राउ प्रक्रिया र कानुनी दायरा पारदर्शी हुनुपर्नेमा उनले जोड दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार