Oct 28 2026 | २०८३ कार्तिक १२ गते

भुटानविरुद्ध क्यान ११ को जित

भुटानविरुद्ध क्यान ११ को जित

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौं ।  आइसीसी टी–२० विश्वकप एसिया छनोटको तयारीमा नेपालमा रहेको भुटानविरुद्ध क्यान ११ ले १३ रनको जित दर्ता गरेको हो।पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको क्यान ११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो। क्यान ११ ले दिएको १२४ रनको विजयी लक्ष्य पछ्याएको भुटानले ९ विकेटको क्षतिमा ११० रनमात्रै बनाउन सक्यो। 

    भुटानका लागि ओपनर नाम्गे थिन्लले सर्वाधिक २९ रन बनाए। उनले ४४ बलमा ५ चौका प्रहार गरे। सोनम चोपेलले १९, रानजंग मिक्यो दोर्जीले १३, थिन्ले जाम्सोले १९ रन बनाए। आनन्द मोङ्गरले १० रन बनाउँदै अविजित रहे। 

    images

    क्यान ११ को लागि बलिङमा विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। कप्तान विपिन खत्री र युवराज खत्रीले २–२ विकेट लिए। आनन्द मण्डलले १ विकेट लिए। त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको क्यान ११ को लागि कप्ता नविपिन खत्रीले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी खेले ।उनले ३६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनर अर्जुन कुमालले २५ रन बनाउँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

    भुटानको लागि बलिङतर्फ थिन्ले जाम्सो, गकुल कुमार घले र सोनम यासेले २–२ विकेट लिए। कर्मा दोर्जी र नाम्गे थिन्लले १–१ विकेट लिए।  भुटानले यसअघि, गण्डकी प्रदेशसँग २ खेल खेलेको थियो। दुवै खेलमा भुटान पराजित भएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार