Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सङ्घीय निजामती सेवा विधेयक सदनमा पुग्यो

सङ्घीय निजामती सेवा विधेयक सदनमा पुग्यो

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । ‘सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा पुगेको छ।

    बिहीबार विधेयक सचिवालयमा आइपुगेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

    images

    भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि राय/परामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै  त्यही दिन विधेयक आयोग पठाएको थियो।

    लोकसेवा आयोगले सङ्घीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्रिपरिषद्‌ले स्वीकृत दिएको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार