Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रवि भवनमा पैदलयात्रीलाई ठक्कर दिएर सवारीसाधन फरार

रवि भवनमा पैदलयात्रीलाई ठक्कर दिएर सवारीसाधन फरार

बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ स्थित रवि भवनमा पैदलयात्रीलाई ठक्कर दिएर सवारी चालक फरार भएका छन् । बिहीबार बिहान ४ बजेर ९ मिनेटमा मर्निङ वाक गर्दै गर्दा सवारीले ठक्कर दिएको थियो।

    दुर्घटनामा परेर करिब ६५ वर्षीया महिला गम्भीर घाइते भएकी छन् । उनको टाउको र मुखमा चोट लागेको छ । घाइते महिला बोल्न नसक्ने भएको हुनाले उनको परिचय खुल्न नसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए।

    images

    हिट एन्ड रनमा संलग्न सवारीको प्रहरीले खोजी गरिरहेको छ । सिसिटिभी फुजेट हेर्दा स्कुटरले ठक्कर दिएको जस्तो देखिएको र यकिन गर्ने काम भइरहेको प्रहरी वृत्त कालीमाटीका डीएसपी नरेश कुमार सिंहले बताए।

    घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार