Oct 28 2026 | २०८३ कार्तिक १२ गते

परराष्ट्र सचिव सेवा लम्सालसँग ओमनमा रहेका नेपालीहरूले गरे अन्तरक्रिया

परराष्ट्र सचिव सेवा लम्सालसँग ओमनमा रहेका नेपालीहरूले गरे अन्तरक्रिया

आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । परराष्ट्र सचिव सेवा लम्सालसँग ओमनमा रहेका नेपालीहरूले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।

    नेपाल र ओमानबिचको दुई पक्षीय संयन्त्रको पहिलो बैठकमा भाग लिन ओमान पुगेकी परराष्ट्र सचिव सेवा लम्सालसँग ओमनमा रहेका नेपालीहरूले अन्तरक्रिया गरेका हुन् ।

    images

    उनीहरुले अन्तरक्रिया कार्यक्रम गर्दै नेपाल–ओमान बिच सीधा हवाई उडानको व्यवस्था गर्न माग गरेका छन् । श्रमिकहरूले व्यक्तिगत मागपत्र प्रमाणीकरण, घरेलु महिला कामदार, नेपाली श्रमिकको उद्धार, क्षतिपूर्ति, शव व्यवस्थापन, पर्यटन, व्यापार, लगानी, ओमानमा नेपालीहरूको लागि रोजगार लगायतका विषयमा पनि सुझाव दिएका थिए ।

    परराष्ट्र सचिव लम्सालले नेपाली श्रमिकहरूले राखेको जिज्ञासाको जवाफ दिँदै मध्यपूर्व एसियामा रहेका सम्पूर्ण नेपाली श्रमिकहरूको हित संरक्षणको लागि नेपाल सरकारले गरेको प्रयासबारे जानकारी दिइन् ।

    समस्याको दीर्घकालीन समाधानको लागि नीतिगत सुधार सम्बन्धमा प्राप्त सुझावलाई समावेश गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले ओमानमा रहेको नेपाली दूतावासले गरेको कामलाई प्रशंसा गरिन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार