Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली मूलकी नर्स ममता काफ्ले अमेरिकामा ८ दिनदेखि सम्पर्कविहीन, खोजीकार्य जारी

नेपाली मूलकी नर्स ममता काफ्ले अमेरिकामा ८ दिनदेखि सम्पर्कविहीन, खोजीकार्य जारी

शुक्रवार, श्रावण २५ २०८१
  • नेपाली मूलकी नर्स ममता काफ्ने अमेरिकामा आठ दिनदेखि सम्पर्कविहीन भएकी छन् । उनी अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट सम्पर्कविहीन भएकी हुन् । 

    सम्पर्कविहीन काफ्लेबारे भर्जिनिया राज्यको मनासस सहरस्थित मनासस पार्कमा प्रहरीले सूचना जारी गर्दै उनी हराएकोले खोजीकार्यमा सहयोग गरिदिन अपिल गरेको छ । 

    images

    उनी बेपत्ता भएपछि नेपाली समुदायले उक्त प्रहरी चौकीलाई उनका नजिकका आफन्त, साथीभाइ र सहकर्मीले अवगत गराएपछि आज प्रहरीले सूचना जारी गरेको हो ।

    मनासस पार्क प्रहरीले सामाजिक सञ्जालमार्फत जारी गरेको सूचनामा उनी जुलाई ३१, २०२४ सम्म अन्तिम पटक मनासस पार्क सहरमा देखिएको उल्लेख गरेको छ ।

    साथै मनासस पार्क प्रहरीले उनको हुलियाको उल्लेख गर्दै उनी २८ वर्षीय भएको जनाएको छ । 

    मनसास पार्क प्रहरी विभागले ममता काफ्लेको खोजीमा सर्वसाधारणलाई सहयोगको लागि आग्रह गरेको छ । 

    जानकारी भएका जो कोहीलाई ७०३–३६१–११३६ मा मनासस पार्क प्रहरीलाई सम्पर्क गर्न आग्रह गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार