Oct 28 2026 | २०८३ कार्तिक १२ गते

पोर्चुगलमा राहदानीसम्बन्धी घुम्ती शिविर, २ हजार भन्दा बढीको ‘बायोमेट्रिक’ विवरण संकलन

पोर्चुगलमा राहदानीसम्बन्धी घुम्ती शिविर, २ हजार भन्दा बढीको ‘बायोमेट्रिक’ विवरण संकलन

शुक्रवार, श्रावण २५ २०८१

  • लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा सञ्चालित राहदानीसम्बन्धी ‘घुम्ती शिविर’मा २ हजार भन्दा बढीको ‘बायोमेट्रिक’ विवरण संकलन भएको छ । 

    राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले सेवा प्रदान गरेको शिविरमा दैनिक चार सयभन्दा बढीको हाराहारीमा नेपाली सेवाग्राहीकोे भीड हुने गरेको छ । गत शुक्रबारबाट शुरु भएको शिविरमा दैनिक ५ सयको हाराहारीमा ‘बायोमेट्रिक’ विवरण संकलन भएको छ । 

    images

    पासपोर्टका लागि शिविरमा अहिलेसम्म दुई हजारभन्दा बढीको ‘बायोमेट्रिक’ विवरण संकलन गरिएको टोलीले जनाएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावास, गैरआवासीय नेपाली संघ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली संघसंस्थाले समन्वय र सहजीकरण गरेको उक्त शिविरमा सेवाग्राहीको चाप र राहदानी बनाउनेको संख्या धेरै देखिएकाले थप एक दिन थपेर अगष्ट १२ सम्म सेवा दिने तयारी गरिएको टोली प्रमुख एवम् विभागका निर्देशक मोतिबहादुर श्रीसले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार