Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यूएईमा रहेका नेपालीहरुलाई संयम रहन दूतावासको आग्रह

यूएईमा रहेका नेपालीहरुलाई संयम रहन दूतावासको आग्रह

बुधवार, श्रावण २३ २०८१
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको आबुधावीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई संयम रहन आग्रह गरेको छ ।

    दूतावासले गत मंगलवार एक विज्ञप्ती जारी गर्दै आफु बसेको ठाउँ अथवा कार्य क्षेत्रमा सभ्य व्यवहार प्रदर्शन गर्न समेत अनुरोध गरेको हो ।

    images

    विज्ञप्तीमा मादक पदार्थ सेवन गरी होहल्ला साथै झैझगडा गर्ने नेपाली नागरिकहरूको संख्या बढेको सूचना यूएईको सम्बन्धित निकायबाट प्राप्त भएको भन्दै दूतावासले त्यसतर्फ सचेत रहन आफ्ना सबै नागरिकलाई आग्रह गरेको छ । दूतावास परिसर बाहिर हुलहुज्जत गर्ने, मादक पदार्थ सेवन गरि होहल्ला गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई  गालीगलौज गर्ने जस्ता अमानवीय कार्य नगर्न समेत दुतावासले सचेत गराएको छ ।

    यदी कसैले यस्तो कार्य गरेको पाइएमा यूएईको कानुन अनुसार कारबाही गरिने उल्लेख गर्दै यूएईमा रहेका नेपालीहरु नेपालको सद्भावना दूत भएकोले यहाँको मूल्य मान्यताको पूर्ण पालना गरि सो अनुरुप व्यवहार गर्न दूतावासले सबैले अनुरोध गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार