Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गायक शंकर श्रेष्ठको ‘आदत’ सार्वजनिक  (भिडियोसहित)

गायक शंकर श्रेष्ठको ‘आदत’ सार्वजनिक  (भिडियोसहित)

बुधवार, श्रावण २३ २०८१
  • काठमाडौं । नव गायक शंकर श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । दुबईस्थित क्लब स्काइ सेभेनमा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठको ‘आदत’ बोलको गीत सार्वजनिक गरिएको हो ।

    ‘आदत’ नेपाल आइडल सिजन–५ का विजेता करण परियारले दुबईमा प्रिमियर गरेका हुन् ।

    images

    प्रहिल कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा भ्वाइस अफ नेपाल सिजन–१ का विजेता सिडी विजय अधिकारीको शब्द तथा संगीत रहेको छ । भने  गीता ढुंगाना,सुमन सिन्ग्देन तामाङ र गायक आफै फिचर्डमा उत्रेका छन् । गीतमा उत्तम हुमागाईंको छायाँकन र माधव बेल्वासेले सम्पादन गरेका हुन् ।

    माया प्रेमको भाव झल्कने गीतको भिडियो क्रियटिभ आवर प्रोडक्सनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको भिडियो भने नेपालमै छायाँकन गरिएको हो ।

    लामो समयदेखि यूएईमा व्यवसाय गर्दै आएका सफल व्यवसायी तथा गायक शंकर श्रेष्ठले  यसअघि पनि केही गीतहरु सांगीतिक बजारमा ल्याइ सकेका छन्  ।  ‘तिम्रो मनमा लुकेको कुरा’ को रिमिक्स  भर्सनमा पनि श्रेष्ठकै स्वर रहेको छ ।

    गीत निर्माणमा सबैले सकेको मिहिनेत गरेको बताउँदै गायक श्रेष्ठले गीत उत्कृष्ट बनेकोले दर्शक स्रोताले भरपुर आनन्द लिनेमा आफू विश्वसत रहेको बताए ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार