काठमाडौं । गोरखाको भिमसेनथापा गाउँपालिका- १, मसेलको भौगोलिक, साँस्कृतिक, पर्यटकीय साथै धार्मिक विषयवस्तु लगायत अन्य विविध पक्षलाई समेटेर निर्माण गरिएको “रूमाल फरर, गोरखाको मसेल गाउँ घुमौं सरर” बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
वडा नम्बर- १ को सहयोगमा छायाँ मिडिया ग्रुप प्रा.लिद्वारा निर्माण गरिएको नयाँ गीत मदन ढकालको शब्द तथा निर्देशन, लोकेश ओली प्रोडुसर र बिकास ज्ञवालीको सम्पादन रहेको उक्त म्यूजिक भिडियो सार्वजनिक भएको हो । जसमा मोडल कलाकारहरु आ.के परियार र माया मगरको धमकेदार प्रस्तुती रहेको छ ।
गायक मदन ढकाल र गायिका कञ्चन पुन मगरको आवाजमा रहेको नयाँ गीत “रूमाल फरर” दर्पण छाँया युटूव च्यानलबाट गत शुक्रवार (भिडियो सहित) सार्वजनिक भएको छ । गोरखाको मसेललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न र अन्तर्रािष्ट्रय रुपमा चिनाउन गीत निर्माण गरिएको छायाँ मिडिया ग्रुप प्रा.लिका अध्यक्ष राजकुमार श्रेष्ठ “सुजन” ले बताए । कार्यक्रममा वडा नम्बर- १ का वडाध्यक्ष विकास श्रेष्ठले गीत संगीतको माध्यमबाट हाम्रो मसेल गाउँलाई देश बिदेशमा चिनाउने र वडाको समग्र विकासको लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा सदस्य सितल गुभाजु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, सामाजिक संघसस्थाका प्रतिनिधी, पत्रकार, बुद्दीजिबी, व्यावसायी लगायत मसेलस्थायी घर भइ काठमाडौं बसोबास गर्नेहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।



