Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदीमा ९९ नेपालीले पाए एक्जिट भिसा

साउदीमा ९९ नेपालीले पाए एक्जिट भिसा

मंगलवार, श्रावण २२ २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीकालागि साउदी अरब पुगेका तर विभिन्न कारणले गैरकानुनी रूपमा बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन् । साउदीको रियाद र दमाममा रहेका ९९ जना नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

    रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अवैध बसोबास गर्दै आएका नेपालीहरूलाई एक्जिट भिसा उपलब्ध गराएको हो । जून १७ देखि २३ सम्मको अवधिमा उनीहरूको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको दूतावासले जनाएको छ ।  

    images

    साउदीमा कार्यरत नेपालीहरूले आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेर गैरकानुनी रूपमा बसेका नेपाली कामदार लगायत अन्य आप्रवासी कामदारहरु स्वदेश फर्कन चाहेमा अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित मुलुकको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

    एक्जिट भिसा लागेको ६० दिनभित्र साउदी छोड् नुपर्ने कानुनी व्यवस्था छ ।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार