Oct 28 2026 | २०८३ कार्तिक १२ गते

समाचार

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह

सोमवार, श्रावण २१ २०८१
  • काठमाडौं । बंगलादेशको लागि नेपाली दूतावासले बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित रहेको जनाएको छ ।

    बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्‍चितकालीन कर्फ्यू आदेशसमेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।

    images

    दूतावासले आज सार्वजनिक सूचनामा सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।

    bangladesh-nepali.png
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार