Oct 28 2026 | २०८३ कार्तिक १२ गते

साउदीमा एक वर्षमा १ सय ९० नेपालीको मृत्यु, २४ जनाले गरे आत्महत्या

साउदीमा एक वर्षमा १ सय ९० नेपालीको मृत्यु, २४ जनाले गरे आत्महत्या

आइतवार, श्रावण २० २०८१
  • काठमाडौं । वैदेशिक रोजगारीकालागि साउदी अरेबिया पुगेका १ सय ९० जना नेपालीले ज्यान गुमाएका छन् । नेपाली दूतावास रियादका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक रोजगारीकालागि साउदी अरेबिया आएका १ सय ९० जना नेपालीले ज्यान गुमाएका हुन् । जसमा २४ जनाले आत्महत्या गरेका छन् ।

    दूतावास रियादका अनुसार मृत्यु हुने अन्य विविध कारण अन्तर्गत सडक दुर्घटनामा २१ जना, प्राकृतिक घटनामा १ सय ८ जना ,कार्य घटनामा १८ जना, डुबानमा १ जना, हत्यामा २ जना र १६ जना नेपालीको मृत्यु अज्ञात रहेको उल्लेख गरिएको छ । भने आत्महत्या गरेका नेपालीहरू प्रायः जसो घरायसी तनाव र मानसिक चिन्तामा रहेको कारण खुलेको छ।

    images

    मृतक १ सय ९० जना मध्येबाट हालसम्म १ सय ८४ जनाको शव स्वदेश फिर्ता भइसकेको र अन्य बाँकी ६ जनाको प्रकियामा रहेको  दूतावासले जनाएको छ। साउदीको धेरै प्रक्रिया पुरा गर्नुपर्ने र मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने भएकाले शव नेपाल पठाउन लगभग १ महिना लाग्ने गरेको पाइन्छ ।

    हाल साउदीमा वैधानिक तथा अवैधानिक रूपमा ४ लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ । जसमध्ये  मदिरा ओसारपसार, सेवन तथा विभिन्न कारणले ६ सय भन्दा बढि नेपाली जेलमा रहेको  छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार