Oct 28 2026 | २०८३ कार्तिक १२ गते

५५ लाख ब्लड मनी बुझाएर नेपाल फर्किए पहलमान

५५ लाख ब्लड मनी बुझाएर नेपाल फर्किए पहलमान

बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा साथीको हत्या अभियोगमा ५ वर्ष जेल जीवन बिताएका पहलमान थापा मगर नेपाल फर्किएका छन् ।

    यूएईको शारजाह जेलमा कैदी जीवन बिताइरहेका नेत्रवती गाउँपालिका-४, धादिङका मगर बुधबार बिहान नेपाल फर्किएका हुन् ।

    images

    मगरलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका-११, नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ गरी जेल चलान गरिएको थियो । सोही हत्या आरोपमा पहलमानसहित चिसंखुगढी-३, ओखलढुंगाका भुवन श्रेष्ठ पनि संलग्न भएको भन्दै यूएईको उपल्लो अदालतले आजीवन काराबाससँगै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । स्थानीय प्रशासनद्वारा अनुसन्धान गरी यूएईका अदालतमा पेश भएका कागजात अनुसार श्रेष्ठ र मगरले मदिरा सेवन गरी आफ्नै साथी बाबुराम आलेमगरको छुरा प्रहार गरी हत्या गरेको उल्लेख छ ।

    श्रेष्ठ गत बिहीबार नेपाल फर्किएका थिए । एउटै मुद्दामा सँगै जेल परेका दुईमध्ये श्रेष्ठ अगाडि नै फर्किए पनि पहलमानको पासपोर्टको म्याद सकिएकाले सँगै फर्किन पाएका थिएनन् ।

    हत्या आरोप लागेका भुवन र पहलमानलाई प्रतिव्यक्ति १ लाख ५० हजार यूएई दिराम पीडित परिवारलाई नेपालमा दिने र ५ वर्षको जेल सजाय शारजाहको उपल्लो अदालतले फैसला सुनाएको थियो । जेल सजाय भुक्तान गरिरहेका उनीहरूको उद्धारका लागि नेपालमा अभियान सञ्चालन गरेर आर्थिक संकलन गरी पीडित परिवारलाई उक्त रकम बुझाइ नेपाल फर्किएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार