काठमाडौं । यूएईमा नेपाल आईडल विथ स्टेण्डअप कमेडी लाइभ हुने भएको छ ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनीको ईन्टरटेन्मेन्टको सयुक्त आयोजनामा आगामी अगष्ट ३ र ४ तारिख क्रमश: आबुधावी र दुबईमा नेपाल आईडल विथ स्टेण्डअप कमेडी लाइभ कार्यक्रम हुन लागेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) यूएईका अध्यक्ष एमडी बोहोराले बताए ।
कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार, फष्ट रनरअप सलोनी गुरुङ ,सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठलेको प्रस्तुति रहने आयोजकले बताएका छन् ।
यूएईमा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । भने कमेडियनद्वय सजन श्रेष्ठले यूएईमा पहिलो पटक र दले दाई अर्थात् सुमन कोईरालाको यूएईमा यो दोस्रो प्रस्तुती हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा प्रस्तुती दिइ सकेका छन् ।
आगामी शनिबार (अगष्ट ३ तारिख) आबुधावीस्थित मेरिडियन होटलको द एक्सचेञ्ज क्लबमा हुने कार्यक्रमको व्यवस्थापन नेपाल ड्युड्स र द जात्रा ईभेन्टसले गर्दैछ भने बिबिटी रेष्टुरेन्ट, भान्साघर रेष्टुरेन्ट, ग्रीन स्काई ट्राभल्स लगायतले प्रायोजन गरेका छन् ।
त्यसैगरी आईतबार (अगष्ट ४ तारिख) बरदुबईस्थित क्लब एस.के सेभेनमा आयोजना हुने कार्यक्रममा एनआरएनए युएई , ग्लोबल एनआरएनए, नेपाल आदिवासी जनजाती महासंघ, नेपाली समाज, तनहुँ समाज, कास्की लगायत २८ बढी संघसंस्थाको सहयोग रहेको अर्का आयोजक तथा द अरनीको ईन्टरटेन्मेन्ट यूएईका सन्चालक इश्वर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुने कलाकारहरुको जम्बो टोली आउँदो शुक्रवार दुबई उड्ने बताईएको छ । कार्यक्रम गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको छ ।



