अमेरिकाको टेक्ससमा एक जना नेपाली युवाको गोली हानेर हत्या भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओली रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त घटना गत सोमबार बिहान ५ः२० बजेको हो । घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्याँस स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको छ । त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए । वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे ।
उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् । यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको छ । वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् ।
वलीकी एक श्रीमती र ५ वर्षकी छोरी रहेको बताइएको छ ।



