Oct 28 2026 | २०८३ कार्तिक १२ गते

वैदेशिक रोजगारी

वैदेशिक रोजगारीमा एक वर्षमा १४९ देश पुगे नेपाली, सबैभन्दा बढीको रोजाइ यूएई र साउदी

वैदेशिक रोजगारीमा एक वर्षमा १४९ देश पुगे नेपाली, सबैभन्दा बढीको रोजाइ यूएई र साउदी

शनिवार, श्रावण १२ २०८१
  • काठमाडौं ।वैदेशिक रोजगारीकालागि एक वर्षम विश्वका १४९ देशमा नेपाली श्रमिकहरु पुगेको पाइएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा उनीहरू श्रम स्वीकृति लिएर ती देशमा पुगेका वैदेशिक रोजगार विभागले जनाएको छ ।

    गत आर्थिक वर्ष अर्थात् ०८० साउन १ देखि ०८१ असार मसान्तसम्मको अवधिमा श्रम स्वीकृति लिएर सात लाख ४१ हजार २९७ नेपाली वैदेशिक रोजगारीमा गएका थिए । गत आर्थिक वर्ष रोजगारीका निम्ति नेपाली एसिया, अस्ट्रेलिया, अफ्रिका, युरोप, दक्षिण अमेरिका र उत्तर अमेरिका महादेशका धेरैजसो देशमा पुगेका छन् ।

    images

    संयुक्त राष्ट्रसंघमा हाल १९३ देश सदस्य छन् । तीमध्ये ७७.२० प्रतिशतमा नेपाली रोजगारीका निम्ति गत वर्ष पुगेका विभागको तथ्यांकले देखाउँछ ।

    गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा गएका मध्ये सबैभन्दा बढीको रोजाइमा युनाइटेड अरब इमिरेट्स (यूएई) परेको छ । यूएईमा सबैभन्दा बढी एक लाख ९३ हजार ४३८ जना गएका छन् । सबैभन्दा कम अल्जेरियालगायत १७ देशमा एक/एक जना मात्र गएका छन् ।

    गत आर्थिक वर्ष सबैभन्दा ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका देशमा क्रमशः यूएई, साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइन, माल्दिभ्स, मौरिसस, साइप्रस, ओमन र माल्टा छन् ।उक्त अवधिमा दोस्रो ठूलो संख्यामा नेपाली रोजगारीका लागि साउदी अरेबिया गएका छन् । साउदी अरेबियामा एक लाख ४१ हजार ५०२ नेपाली गएका हुन् ।

    यस्तै, गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा कतारमा एक लाख ३४ हजार ६६९, मलेसियामा एक लाख तीन हजार ४४२, कुवेतमा ४० हजार ३६८, क्रोएसियामा १५ हजार ३६४, रोमानियामा १५ हजार २१, जापानमा १३ हजार ८६४ र दक्षिण कोरियामा १३ हजार २६ नेपाली गएका छन् ।

    बहराइनमा नौ हजार ८०६, माल्दिभ्समा सात हजार ४५५, मौरिससमा सात हजार ४०८, साइप्रसमा ६ हजार ९५०, ओमनमा पाँच हजार ९१० र माल्टामा पाँच हजार ६६८ नेपाली रोजगारीका निम्ति श्रम स्वीकृति लिएर गएका विभागको तथ्यांकले देखाउँछ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार