काठमाडौं । दहमा डुबेर मृत्यु भएका स्याङ्जाका दुई बालिकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति, यूएईस्थित स्याङ्जा सहयोग समाज, नेपाली समाज र नमस्ते ट्राभल एण्ड टुरिजम परिवारसहितका समाजसेवीहरुले ९० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
सहयोग गर्नेहरुमा लक्ष्मण खनाल (स्याङ्जा), राजेन्द्र अधिकारी (पवर्त), तोयानाथ लम्साल (रुपन्देही), गोपिचन्द्र भुसाल (पर्वत), पुरुषोत्तम भुसाल (रुपन्देही), धर्मदत्त ढकाल (स्याङ्जा), कृष्ण भुसाल (अर्घाखाची), र सूर्य खनाल (रुपन्देही) ले पनि व्यक्तिगत सहयोग गरेका छन्।
स्याङ्जा सहयोग समाज यूएईका सल्लाहकार एवम् नमस्ते ट्राभल एण्ड टुरिजम बरदुवईका सन्चालक एकेन्द्र थापाको विशेष पहलमा संकलन गरिएको उक्त रकम दिवंगत बालिकाको स्याङ्जा पुतलीबजार नगरपालिका-४ स्थित रामकोसाको स्वारामा पुगेर परिवारलाई हस्तान्तरण गरिएको थियो ।
गत असार ३० गते स्याङ्जा पुतलीबजार नगरपालिका-४ का नरेन्द्रबहादुर थापाका छोरीहरु १४ वर्षकी लक्ष्मी थापा र १२ वर्षकी सुस्मिता थापाको दहमा डुबेर मृत्यु भएको थियो ।



