काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ ।
बैंकले एक सूचना जारी गर्दै देशका सबै प्रदेशका शाखा कार्यालयहरुका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो ।
यो पदका लागि आवेदकको न्यूनतम १८ देखि २५ वर्षको हुनु पर्ने उक्त सुचनामा उललेख गरिएको छ ।
यो पदका लागि कुनै अनुभव नभएकाले आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति आगामी साउन १८ गते रहेको छ ।




