Nov 01 2026 | २०८३ कार्तिक १६ गते

‘मनलाग्दी नियुक्ति’बारे रास्वपा सांसदले मागे मन्त्रीको जवाफ

‘मनलाग्दी नियुक्ति’बारे रास्वपा सांसदले मागे मन्त्रीको जवाफ

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले मन्त्रीहरूले गरेको नियुक्तिका विषयमा प्रश्न उठाएका छन्।  बुधबार पार्टी सभापति रवि लामिछानेले दलका सांसद र मन्त्रीलाई सँगै राखेर गरेको छलफलमा सो विषय प्रवेश भएको हो। 

    सांसदहरूले प्रधानमन्त्री कार्यालयदेखि अन्य मन्त्रीहरूले मनलाग्दी नियुक्ति गरेको सर्वत्र आलोचना भएको भन्दै यसबारे जवाफ दिन माग गरेका थिए। 

    images

    ‘नियुक्तिका विषयमा फेयर भएन भनेर बाहिर आएका छन्,’ एक सांसदले भने, ‘यसबारे मन्त्रीहरूले नियमअनुसार काम गरेको जवाफ दिनुभयो।’ रास्वपा दलको कार्यालयमा तीन घण्टासम्म चलेको बैठकमा खुलेर छलफल भएको उनले बताए। रास्वपाको मन्त्री र सांसदसँगको छलफलको कारण प्रतिनिधि सभाको बैठक दुईघण्टा पछि सुरु भयो। 

    सभापति लामिछानेले नै राखेको बैठकमा सांसदलाई संसदमा विषय केन्द्रित कुरा उठाउन निर्देशन दिए। मन्त्रीहरूलाई जनताप्रति जवाफ देही बन्न लामिछानेले आग्रह गरे। अहिले मन्त्री परिवर्तन हुँदैन,’ लामिछानेले भने, ‘प्रधानमन्त्रीज्यू र मेरो सहकार्य भएरै काम भइरहेको छ। त्यसकारण कुनै गुट छैन। तपाईँहरू भ्रममा नपर्नू, यताको कुरा हामीलाई थाहा हुन्छ। हामी स्मूथ रुपमा चल्छौँ। प्रधानमन्त्रीले सबैलाई भेट्नुहुन्छ। उहाँसँग सल्लाह र परामर्श भइराखेको छ।’

    सांसदहरूले मन्त्रीहरूसँग सहज भेट गर्न नपाएको पनि गुनासो गरे। तर, सुधन गुरुङले सांसदहरूले विपक्षी भन्दा कडा प्रश्न गरेको गुनासो गरेका थिए। ‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षीहरूलाई फाइदा पुग्यो, उनीहरू बलियो देखिन थाले,’ गृहमन्त्री सुधनले भने, ‘घरको कुरा, विवाद वा गुनासा घर भित्रै राखौं, सदनमा विरोध नगरौँ।’ 

    आफ्नो मन्त्रालयसँग केही भए स्वकीय सचिव जेम्स कार्कीलाई टिपाउन गुरुङले भने। ‘गृहमन्त्रायलसँग सम्बन्धित गुनासो मलाई होइन, स्वकीय सचिव जेम्स कार्कीलाई भेटेर टिपाउनुहोला।’  केही सांसदले मल र ग्यास हाहाकार हुँदा पनि सरकारले दिन नसकेको भन्दै मन्त्रीको जवाफ मागेका थिए।

    उद्योगमन्त्री गौरीकुमारी यादवले माग हुनेभन्दा बढी ग्यास आएपनि ओभर माग भएको जवाफ दिइन्। सांसदका पनि गुनासा मन्त्रीलाई सँगै राखेर कसरी समाधान गर्न सकिन्छ भनेर सभापतिज्यूले छलफल राख्नुभएको हो। सांसद कमल सुवेदीले भने, ‘सरकार र सदनलाई कसरी प्रभावकारी बनाउने भन्ने मै केन्द्रित भयौँ।’

    सांसदहरूको प्रस्तुतिका बारेमा सभापति लामिछानेले संसदको नियमावली स्मरण गराए।  हाम्रो संसद नियमावली छ, त्यही अनुसार संसद संचालन हुनुपर्‍यो र सांसदहरुले त्यसको पालना गर्नुपर‍्‍यो,’ लामिछानेले भने, ‘पार्टीमा पनि हाम्रो विधान, विधि र प्रक्रिया छ, सोही अनुसार चल्नपर्‍यो, सबैले आआफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुपर्‍यो।’

    दलको छलफलबाट मन्त्री र सांसदहरूबीच समन्वय गराउन  आएसपी पल्स एप बनाइएको लामिछानेले जानकारी गराए। ‘मन्त्रीहरूले २४ घण्टाभित्र डाउनलोड गर्ने  र सांसदहरूले पनि रिक्वेस्ट पठाउनूहोला, अब कुनैपनि समस्याको फास्ट ट्रयाकबाट सोलुसन निकाल्नुपर्छ,’ लामिछानेले भने।
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार