Nov 01 2026 | २०८३ कार्तिक १६ गते

सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर :गगन थापा

सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर :गगन थापा

आइतवार, कार्तिक १६ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार स्वेच्छाचारी र हुकुमी शैलीतर्फ अग्रसर भएको आरोप लगाएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले संविधान,प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकारले देखाएको पछिल्लो व्यवहारले आफूहरूलाई चिन्तित बनाएको बताए।

    मिडिया हाउसमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने र चौतर्फी विवाद भएपछि उन्मुक्ति दिने सरकारको शैली आपत्तिजनक रहेको उनको भनाइ छ।

    images

    ‘हामीले जे बोल्यौँ, त्यही नै हुकुम हो र सरकारको इच्छा नै कानुन हो भन्ने सोच जब शासकमा आउँछ,तब देशमा समस्या सुरु हुन्छ,’थापाले भने,‘सरकारको यो प्रवृत्तिले साँच्चिकै हामीलाई चिन्तित बनाएको छ।’

    उनले नागरिकले मात्रै नभई सरकारले पनि कानुनको पालना गर्नुपर्ने बताए। यस्तै,विचौलियासम्बन्धी विषय बाहिर आएको उल्लेख गर्दै उनले त्यसको गहिराइसम्म पुगेर अनुसन्धान गर्नुपर्ने बताए। यसमा जो–जो संलग्न छन्,उनीहरूलाई कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

    ‘यसको गहिराइसम्म अनुसन्धान होस्। जो–जो संलग्न हुन्छन्,दोषीमाथि कारबाही होस्। यसमा सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ,’ उनले भने।
     

     
    facebook sharing button

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार