Nov 01 2026 | २०८३ कार्तिक १६ गते

कैलालीमा लागुऔषध दुर्व्यसन भयावह बन्दै गएको भन्दै सांसद खनालद्वारा गृह मन्त्रालयको ध्यानाकर्षण

कैलालीमा लागुऔषध दुर्व्यसन भयावह बन्दै गएको भन्दै सांसद खनालद्वारा गृह मन्त्रालयको ध्यानाकर्षण

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीमा लागुऔषध दुर्व्यसन भयावह बन्दै गएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएका हुन्।

    कैलालीको खुला सीमा र जङ्गल क्षेत्रमा लागुऔषधको कारोबार हुने गरेको उनले बताए। लागुऔषध दुर्व्यसनका कारण हजारौँ युवाको जीवन बर्बाद भइरहेकाले सरकारको ध्यान जान जरुरी रहेको उनले उल्लेख गरे। लागुऔषध दुर्व्यसनका कारण समाजमा चोरी, डकैती, झैझगडा र लुटपाट जस्ता घटना बढेकाले यसको नियन्त्रणका लागि उनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।

    images

    सदनमा बोल्दै सांसद खनालले कैलालीमा पछिल्लो समय जङ्गल क्षेत्रमा लागुऔषध दुर्व्यसन भयावह र व्यापक भएको गुनासो आएको बताए। उनले त्यहाँ लागुऔषधमा परेर युवाहरूबिच झैझगडासमेत बढेकाले नियन्त्रणका लागि सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।लागुऔषधको ओसारपसार र प्रयोग नियन्त्रणमा सक्रियता बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार