Nov 01 2026 | २०८३ कार्तिक १६ गते

प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रविले भने– उहाँ कवि र कलाकार पनि हो

प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रविले भने– उहाँ कवि र कलाकार पनि हो

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन्।बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए।

    ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भनेका छन्।उनलाई सञ्चारकर्मीले केही समय अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए।

    images

    सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त एउटा कवि पनि हो । उहाँ एउटा कलाकार पनि हो । आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन । त्यसमा कुनै चिन्ता छैन।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार