Nov 01 2026 | २०८३ कार्तिक १६ गते

पार्वती विकको प्रश्न : जाजरकोटका पीडितलाई उद्धार गर्नु राज्यको दायित्व होइन ?

पार्वती विकको प्रश्न : जाजरकोटका पीडितलाई उद्धार गर्नु राज्यको दायित्व होइन ?

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी(नेकपा) की सांसद पार्वती विकले हालै जाजरकोटमा गएको पहिरोबाट प्रभावितहरू बिचल्लीमा पर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै उनीहरूलाई आवश्यक उद्धार र राहत प्रदान गर्न माग गरेकी छन्।

    बुधबारको प्रतिनिधि सभा बैठकमा संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गर्दै सांसद विकले नागरिककाे जिउधनको सुरक्षा सरकारले नगरे कसले गर्ने भनेर प्रश्न गरिन्।‘८२४ जनालाई तीन वटा होल्डिङ सेन्टरमा राखिएको छ’, सांसद विकले भनिन्, ‘त्यहाँ घाइते पनि छन्, बच्चाबच्ची स्कुल जान पाएका छैनन् । प्लास्टिकको पालभित्र बस्नुपरेको छ । ६ सुत्केरी र ५ गर्भवती छन्।’

    images

    उनले होल्डिङ सेन्टरबाहेक अन्य कतिपय व्यक्तिहरू आफन्तकोमा शरण लिएर बस्नुपरेको भन्दै यस्तो अवस्थामा सरकार किन चुप लागेर बसेको छ ? भनेर प्रश्न गरिन्।‘यस्तो अवस्थामा नागरिकको जिउ धनको सुरक्षा गर्नु राज्यको दायित्व हो कि होइन, वा उनीहरूलाई त्यही पहिरोमा परेर मर्न दिनुपर्ने हो वा उद्धार गर्नुपर्ने हो ?’,विकको प्रश्न छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार