Nov 01 2026 | २०८३ कार्तिक १६ गते

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम समेत घट्यो

सेयर बजारमा सामान्य गिरावट, कारोबार रकम समेत घट्यो

बुधवार, भाद्र ३ २०८३
  • ​काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य गिरावट आएको छ। साताको तेस्रो दिन आजर नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको छ।

    आज दिनभरिमा ३४६ वटा कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमार्फत कुल ९५ लाख ८ हजार ८८२ कित्ता सेयरकिनबेच भएका छन्।यसबाट कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ। आज बजारमा ११० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १५० वटाको घटेको छ। १८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

    images

    कारोबार रकमका आधारमा आज साहस ऊर्जा लिमिटेड अग्रस्थानमा रहेको छ । जसको १७ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयरकारोबार भएको छ। त्यसैगरी सोलु हाइड्रोको १६ करोड ८८ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल लिमिटेडको १५ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार