Nov 01 2026 | २०८३ कार्तिक १६ गते

अग्रगामी मोर्चाको सङ्गठन स्थानीय तहसम्म विस्तार हुने

अग्रगामी मोर्चाको सङ्गठन स्थानीय तहसम्म विस्तार हुने

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ। नौ दलीय अग्रगामी मोर्चाले आफ्नो सङ्गठनलाई प्रदेश, जिल्ला र स्थानीय तहसम्म विस्तार गर्दै जनताका बिचमा राजनीतिक तथा सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने निर्णय गरेको छ।बैठकले प्रदेशहरूमा मोर्चा गठन गर्ने कार्ययोजना तथा मिति तय गरिसकेको छ।

    नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीका अनुसार किसान, युवा, विद्यार्थी, महिला तथा सूचना-प्रविधिलगायत विभिन्न क्षेत्रलाई समेटेर छुट्टाछुट्टै मोर्चा र अभियान सञ्चालन गर्ने निर्णय भएको छ। मोर्चाले जनजीविका, रोजगारी, सुशासन, सामाजिक न्याय, समानता, अधिकार र समावेशिताका सवाललाई प्राथमिकतामा राखेर देशव्यापी जनजागरणका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    images

    बैठकले सङ्गठनलाई व्यवस्थित र मर्यादित बनाउन सञ्चालन कार्यविधि तथा आचारसंहिता पारित गरेको छ। अग्रगामी मोर्चाले ‘वर्तमान राजनीतिक परिस्थितिबारे आम जनतालाई सुसूचित गराउने’ र ‘जनताका वास्तविक समस्या तथा राजनीतिक सङ्कटबिचको सम्बन्धबारे बहस सिर्जना गर्ने’ प्रतिबद्धता जनाएको छ।

    यसैबिच, लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सभा सदस्यलाई मन्त्री बनाएकोप्रति मोर्चाले आपत्ति जनाएको छ। अर्को प्रदेश सभाको निर्वाचन नभएसम्म प्रदेशका कुनै पनि सरकारमा सहभागी नहुने निर्णयसमेत मोर्चाले गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार