Nov 01 2026 | २०८३ कार्तिक १६ गते

चोलेन्द्र शमशेरको महाअभियोगको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ जारी

चोलेन्द्र शमशेरको महाअभियोगको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ जारी

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध तत्कालीन कांग्रेस माओवादी गठबन्धनले संसद्मा दर्ता गराएको महाअभियोगसँग जोडिएको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ।

    प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदीसहितको संवैधानिक इजलासमा सुनुवाइ जारी छ ।  महाअभियोगसँग जोडिएको ४ वटा रिटमाथि सुनुवाइ भइरहेको छ । राणाविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो।

    images

    २०७९ को प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी दर्तापछि संसद् विघटनसँगै राणामाथिको महाअभियोग प्रस्ताव पनि स्वतः निष्क्रिय भएको भन्दै संसद् सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमले गरेको पत्राचारविरुद्ध परेको रिटमाथि  सुनुवाइ भइरहेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार