Nov 01 2026 | २०८३ कार्तिक १६ गते

सिमरा घटना : ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ

सिमरा घटना : ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपी पक्राउ

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । बाराको सिमरामा मृत अवस्थामा भेटिएकी ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।बालिकालाई चकलेटको प्रलोभन देखाएर बलात्कारपछि हत्या गरिएको खुलेको प्रहरीले जनाएको छ।

    मंगलबार साँझ करिब ५ः४५ बजे भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र नाम, थर र वतन नखुलेको अवस्थामा बालिका मृत फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

    images

    सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी  दिलीप क्षेत्रीको कमाण्डमा सोको सहितको टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको कमाण्डमा समेत सोको सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    थप अनुसन्धानका क्रममा प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो। अनुसन्धानबाट मृतक बालिका जितपुरसिमरा–१ दसधुरी बस्ने मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको थियाे।

    प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब ८ः३० बजे घरबाट हराएकी थिइन्।  ना.१.ज ७७५८ नम्बरको म्याजिकको सह चालक जितपुरसिमरा–२ बस्ने  करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाईफुल्याई घटनास्थलमा लगेको र त्यहाँ जबर्जस्ती करणी गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापा तथा ना.१ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ।

    प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। मृतक बालिकाको शव पोस्टमार्टम तथा थप कानुनी प्रक्रियाका लागि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार