Nov 01 2026 | २०८३ कार्तिक १६ गते

काठमाडौँसहित विभिन्न स्थानमा भेटिए पाँचवटा शव

काठमाडौँसहित विभिन्न स्थानमा भेटिए पाँचवटा शव

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । देशका विभिन्न पाँच छुट्टाछुट्टै स्थानमा पाँचवटा शव फेला परेका छन्।काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ पहेँलो पुलस्थित खोला किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन्।

    त्यसैगरी कैलालीको जानकी गाउँपालिका–५ अमौरीस्थित मठगौरा तालमा सोही ठाउँका ६५ वर्षीय भैरवप्रसाद चौधरी मङ्गलबार मृत अवस्थामा फेला परेका छन्। रोल्पाको सुनछहरी गाउँपालिका–७ राङ्सीस्थित बाझो बारीमा सोही ठाउँ बस्ने ५१ वर्षीय कुम्ले भनिने पूर्णबहादुर पुन मृत अवस्थामा भेटिएका छन्।

    images

    सुर्खेतको बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार नै मृत अवस्थामा फेला परेका छन् । मोरङको बुढीगङ्गा गाउँपालिका–१ स्थित आरती स्टिल पछाडिको सडकको नालीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष गए राति मृत अवस्थामा फेला परेका छन्।यी सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार