Nov 01 2026 | २०८३ कार्तिक १६ गते

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

कांग्रेसको महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवा समूह सर्वोच्च जाने

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएका छन।

    पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार महाधिवेशन कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूह अदालत जाने तयारी गरेका हुन।

    images

    सर्वोच्चमा मुद्दा विचाराधीन भएको अवस्थामा महाधिवेशन प्रक्रिया अगाडि बढाउन नमिल्ने नेता मीन विश्वकर्माले बताए। उनले नेपाल  भने, ‘उहाँहरूले हिजो कार्यतालिका सार्वजनिक गर्नुभएको छ। रोक्न माग गर्दै हामी अदालत जाने तयारी गरेका छौँ। साथीहरूले त्यसका लागि काम गरिराख्नुभएको छ।’

    उनले सम्भव: भएसम्म आजै जानसक्ने उनले बताए। उनले थपे, ‘आजै पनि हुनसक्छ, नभए एक दुई दिनमा हुनपनि सक्छ।’ देउवा समूहको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने निर्णय गरेको थियो।

    यसअघि इतर पक्षका नेता डा. शशांक कोइरालाले महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र सानेपालाई पत्र पठाएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार