Nov 01 2026 | २०८३ कार्तिक १६ गते

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल नियुक्त

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेललाई नियुक्ति गरिएको छ।नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्।

    बुधबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष शपथ खाँदै मेडिकल काउन्सिल अध्यक्ष ढुण्डीराज पौडेल।बुधबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष शपथ खाँदै मेडिकल काउन्सिल अध्यक्ष ढुण्डीराज पौडेल।डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन्।उनी हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्।

    images

    यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन्।उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन्।

    त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। डा. पौडेलले नेपाल मेडिकल काउन्सिलको नैतिकता तथा परीक्षा समितिका कार्यकारी सदस्य तथा समन्वयकर्ताका रूपमा समेत काम गरिसकेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार