Nov 01 2026 | २०८३ कार्तिक १६ गते

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी

सबै मन्त्रीको उपस्थितिमा रास्वपा संसदीय दलको बैठक जारी

बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । सांसद र मन्त्रि विवादमा आउन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले छलफल गरेका छन्।

    आज संसदीय दलको कार्यालय सिंहदरबारमा सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल जारी रहेको छ। 

    images
    rsp-samsadiya-dak_CalB3uQUfP.jpg
    undefined

    सरकारका काम र सांसदले सदनमा उठाएका विषयमा तालमेल नमिलेकाले सभापति लामिछानेले छलफल गरेका छन्। दलको बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ। पार्टीको नीति र अनुशासन विपरीत सांसद बोल्न थालेपछि सभापति लामिछानेले विशेष निर्देशन दिने बताइएको छ।

    सदनमा विधि र प्रक्रियाको पालना नगरेको भन्दै रास्वपा सांसदको आलोचना हुँदै आएको छ। संसदीय दलका नेता रास्वपाका वरिष्ठ नेता एवम् प्रधानमन्त्री भएपछि उनी बैठकमा सहभागी छैनन्। बैठकमा रास्वपाका मन्त्री र सांसद सहभागी छन्।

    samsadiya-dal2_BLK2nOa9TA.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार