काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभाग त्रिपुरेश्वर पुगेकी छिन् । उनले राहदानी लिन बायोमेट्रिक विवरण (तस्बिर) तथा औँठाछाप दिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारी मङ्गलबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर विभागबाट प्रदान गरिने विद्युतीय राहदानी (इ–पासपोर्ट) प्रक्रियाका लागि आवश्यक बायोमेट्रिक दिएकी हुन्।त्यसक्रममा उनले पछिल्लो समय राहदानी वितरणमा आएको समस्या तथा जनगुनासोको बारेमा समेत चासो व्यक्त गरेको भण्डारीको निजी सचिवालयले जनाएको छ।



