Oct 29 2026 | २०८३ कार्तिक १३ गते

एसोसिएसनको स्वागत र ध्यानाकर्षण

एसोसिएसनको स्वागत र ध्यानाकर्षण

मंगलवार, श्रावण २६ २०८३
  • काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले वैदेशिक रोजगार क्षेत्रमा रहेका विभिन्न समस्याबारे युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेको ध्यानाकर्षण गराएको छ । एसोसिएसनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाको नेतृत्वमा गएको व्यवसायी टोलीले वैदेशिक रोजगार व्यवसायी र श्रमिकहरूको हकहित, अधिकार तथा सुरक्षाका लागि ध्यानाकर्षण गराएको हो ।

    एसोसिएसनले साउदी अरेबियाको सीप परीक्षण प्रोग्राम (एसभिपी) सञ्चालन गर्ने संस्था सिलबन्दी गर्ने सरकारको कदमप्रति धन्यवाद ज्ञापन गर्दै त्यसमा संलग्न जो–कोहीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

    images

    एसोसिएसनको ध्यानाकर्षणपछि मलेसिया रोजगारीमा कुनै पनि प्रकारको एकाधिकार वा ‘सिन्डिकेट’ लगाउन नदिने मन्त्रालयको प्रतिबद्धता स्वागतयोग्य रहेको, तर अझै केही स्वार्थी समूह एकाधिकार कायम गytrfराउन सक्रिय रहेकाले सचेत हुनुपर्ने तथा न्यायोचित र व्यावहारिक सेवा शुल्क निर्धारण गर्नुपर्ने माग पनि एसोसिएसनले उठाएको छ ।

    त्यस्तै, युएई रोजगारीमा भिएफएसको नयाँ व्यवस्था खारेज हुनुपर्नेलगायतका विषयमा सचिव डा. काफ्लेको ध्यानाकर्षण गराएको महासचिव सुमनराज पाण्डेले बताए ।

    ध्यानाकर्षण पत्र बुझाउन अध्यक्ष लामा, महासचिव पाण्डेसहित नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष भुवनसिंह गुरुङ, पूर्वमहासचिव मेघनाथ भुर्तेललगायत मन्त्रालय गएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार