काठमाडौँ । क्यान्सर खतरनाक रोग हो । क्यान्सरका धेरै प्रकार छन् । यसका कारण हरेक वर्ष विश्वभर ठुलो सङ्ख्यामा मानिसको ज्यान गइरहेको छ।यस रोगको सबैभन्दा खतरनाक पक्ष भनेको यसको प्रारम्भिक लक्षण अदृश्य हुनु हो । यसले शरीरमा जरा गाडेको पनि थाहा हुँदैन । क्यान्सर अन्तिम चरणमा पुगेपछि प्रायः मान्छेको मृत्यु हुन्छ ।
एउटा अध्ययनले यसको जोखिम कम गर्ने सम्भावनाबारे बताएको छ । भियाग्राको प्रयोगले क्यान्सरको जोखिम कम गर्न सक्छ । यो थाहा पाउँदा तपाईंलाई अचम्म लाग्न सक्छ, तर अनुसन्धानले यस्तै सङ्केत गरेको छ।
पुरुषहरूमा इरेक्टाइल डिसफङ्क्शनको उपचार गर्न प्रयोग गरिने औषधि भियाग्राले क्यान्सर कोषहरूको फैलावट रोक्न मद्दत गर्न सक्ने एक अध्ययनले पत्ता देखाएको छ । यो अलि अचम्मलाग्दो लाग्ला, तर प्रारम्भिक अनुसन्धानले यस्ता सङ्केतहरू फेला पारेको छ । यद्यपि, यसमाथि थप अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ताहरू विश्वास गर्छन्।
वैज्ञानिकहरूका अनुसार, भियाग्रामा रहेको सिल्डेनाफिलले शरीरमा क्यान्सर फैलिने क्षमतालाई कमजोर बनाउन सक्छ । यतिमात्रै होेइन, अनुसन्धानले त भियाग्रामा रहेको सिल्डेनाफिलले क्यान्सर कोषहरूलाई फैलिनबाट रोक्ने पनि भनेको छ । किनकि यसलाई फैलिन कोलेस्ट्रोल चाहिन्छ । यस्तोमा भियाग्रामा पाइने तत्वले यस प्रक्रियामा हस्तक्षेप गर्न सक्छ।
अनुसन्धान अनुसार, सिल्डेनाफिलले फस्फोडिएस्टेरेज टाइप ५ नामक इन्जाइमलाई रोक्छ । यसले शरीरमा सीजीएमपी नाम गरेको सिग्नलिङ अणु बढ्छ । यो बढेको अणुले रक्तनलीहरूलाई फराकिलो बनाउँछ र लिङ्गमा रक्त प्रवाह बढाउँछ, जसले गर्दा भियाग्रा प्रभावकारी हुन्छ।
यस प्रक्रियामा वैज्ञानिकहरूले सीजीएमपी एउटा यस्तो प्रोटिनसँग जोडिएको हुन्छ, जसले कोषहरूभित्र कोलेस्ट्रोल पुर्याउने काम गर्दछ भन्ने पत्ता लगाए । यसबाट क्यान्सर कोषहरूले ठिकसँग कोलेस्ट्रोल पाउँदैनन् । कोलेस्ट्रोलको कमीले क्यान्सर कोषको फैलिने क्षमतालाई कमजोर बनाउन सक्छ, तर यसबारे व्यापक अनुसन्धान बाँकी छ।
भियाग्राले क्यान्सरको जोखिम कम गर्छ, तर यसको मतलब यो उपचार भने होइन । यो अनुसन्धान अझै प्रारम्भिक चरणमा छ । त्यसैले कुनै पनि निर्णय लिनु अघि थप अनुसन्धान आवश्यक छ । यदि तपाईं क्यान्सरबाट पीडित हुनुहुन्छ भने तपाईंले डाक्टरसँग नियमित जाँच गराउनु पर्छ र आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । डाक्टरसँग परामर्श नगरी सामाजिक सञ्जालमा देख्ने कुनै पनि कुरालाई अपनाउनु हुँदैन । यसले तपाईंको अवस्था बिग्रन सक्छ।



