Nov 03 2026 | २०८३ कार्तिक १८ गते

मर्दी पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन

मर्दी पदयात्रामा गएका पोखराका ३ युवक सम्पर्कविहीन

बुधवार, श्रावण २० २०८३
  • काठमाडौँ। कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल पदयात्रामा निस्किएका पोखराका ३ जना युवक सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिका ९ स्थित बादलडाँडा क्षेत्रको जंगलमा उनीहरु सम्कर्प विहीन भएका हुन्।बाटो बिराएर अलपत्र परेको हुन सक्ने प्रहरीले जनाएको छ।

    कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी विरेन्द्र पासवानका अनुसार उनीहरु बुधबार बिहान ८ बजेसम्म सम्पर्कमा थिए । ‘बिहान ८ बजेतिर सम्पर्क भएको र त्यसपछि सम्पर्कमा नरहेको भन्ने बुझिएको छ,’ उनले भने, ‘उनीहरुको मोबाइल अफ भएको छ । उक्त क्षेत्रमा नेटवर्कले पनि राम्रो काम नगर्ने हुँदा लोकेसन ट्रयाक गर्न समस्या भएको छ।’

    images

    पोखरा १४ खसिबजार बस्ने २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षकै दिपेश गुरुङ सम्पर्क विहीन भएका हुन्। उनीहरु हराएको सूचना बिहान ११ बजे पाएको र तत्कालै प्रहरी टोली परिचालन गरिएको पासवानले  बताए। प्रहरीसँगै स्थानीय व्यवसायीको टोली पनि खोजीमा लागेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार