काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ आयोजक समितिको बैठक बोलाएको छ। दिउँसो ३ः३० बजे केन्द्रीय कार्यालय घण्टीघरमा बस्न लागेको संयोजक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
आयोजक समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारीका सम्बन्धमा तयारीपूर्वक उपस्थितिको लागि अनुरोध गरेको छ।
बैठकको कार्यसूचीमा जिम्मेवारी तोकेका सदस्यहरूबाट तयारी विवरण, प्रदेशसँगको समन्वय, कार्यक्रम सम्बन्धी प्रस्ताव र छलफल तथा विविध विषय रहेको छ।



