Nov 03 2026 | २०८३ कार्तिक १८ गते

काठमाडौँ आउँदै गरेको सुमोबाट लागुऔषध बरामद

काठमाडौँ आउँदै गरेको सुमोबाट लागुऔषध बरामद

मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ बसपार्कबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।

    रौतहटबाट काठमाडौँ आउँदै गरेको प्रदेश–०५–००१ज–०००६ नम्बरको सुमोबाट प्रहरीले लागुऔषध बरामद गरेको हो । लागुऔषध सहित बाराको निजगढ नगरपालिका–१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिए ।

    images

    प्रहरीले आरोपीको साथबाट २३६ ट्याब्लेट नाइट्राजेपाम र २६९० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ । सोमबार पक्राउ परेका आरोपीबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ । आरोपी विरुद्ध यसअघि सार्वजनिक अपराध, ज्यानमार्ने उद्योग र अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको भेटिएको छ । 

     
     
     
     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार