Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अन्तर्वार्ता

वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण र बाध्यता दुवै छ : विक्रम श्रेष्ठ [शुभ हारती म्यानपावरका सञ्चालक श्रेष्ठसँग अन्तर्वार्ता]

वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण र बाध्यता दुवै छ : विक्रम श्रेष्ठ [शुभ हारती म्यानपावरका सञ्चालक श्रेष्ठसँग अन्तर्वार्ता]

बिहिवार, आषाढ २० २०८१
  • काठमाडौँ । वैदेशिक रोजगार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनासम्ममा कामको खोजीमा ६ लाख ८२ हजार ३८६ नेपाली विदेशिएका छन् । 

    यो तथ्याङ्क गत आर्थिक बर्ष २०७९/८० को तुलनामा भने केही कम हो । गत आर्थिक वर्षमा ७ लाख ७१ हजार नेपाली कामको खोजीमा विदेशिएका थिए । 

    images

    यसरी विभागको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष विदेशिने नेपालीहरूको संख्या वर्षेनि बढ्दै गइरहेको देखिएको छ । नेपालीहरू विदेशमा गएर काम गर्न लागेको करिब २०० वर्ष जति भइसकेको जानकारहरू बताउछन् । 

    तर, के विदेशमा काम गरिरहेको नेपालीहरूको कार्य क्षेत्रमा कस्तो अवस्था छ ?, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पारिरहेको छ ? विदेशमा काम गरिरहेका नेपाली श्रमिकका बारेमा शुभ हारती म्यानपावरका सञ्चालक एवम् नेपाल वैदेशिक रोजगार व्यवसायी संघ कार्य समिति सदस्य विक्रम श्रेष्ठसँग वैदेशिक रोजगार पोष्ट डटकमका पत्रकार विनोद श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशः 

    5.JPG

    वैदेशिक रोजगारीमा नेपालीहरूको अवस्था कस्तो छ ? 

    प्रतिवर्ष श्रमबजारमा प्रवेश गर्नेको तीनचौथाइ युवायुवतीको प्रमुख आकर्षण वैदेशिक रोजगारी बन्न पुगेको छ  । उच्च दक्षता भएका र प्रतिभावान् युवायुवतीसमेत मुलुकभित्र रोजगारीको अवसर नहुँदा विदेशिने गरेका छन्  । 

    बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पु¥याएकाले वैदेशिक रोजगारीलाई देशको आर्थिक मेरुदण्डको पाटोको रूपमा लिन सकिन्छ । सरकारको तथ्यांकअनुसार नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत छ । 

    शिक्षित र अशिक्षित बेरोजगारको संख्या देशमा ठूलो छ । यसले व्यक्तिको जीवन मात्र होइन, देशको अर्थतन्त्रलाई समेत प्रभावित पारेको छ । देशमा करीव ८६ लाख व्यक्तिले आफ्नो योग्यता र सीपअनुरूप रोजगारी पाएका छैनन् ।

    रोगजारी पाएपनि पाउनेहरूको आयस्तर सन्तोषजनक छैन । रोजगारीबाट आएको तलवले परिवार पाल्न सकिने अवस्था छैन । त्यसैले स्वदेशमा रोजगारीको कमी त छ,नै प्राप्त रोजगारीले जीवन नधान्ने अवस्था भएकोले वैदेशिक रोजगारीमा युवायुवतीको आकर्षण र बाध्यता दुवै छ । 

    वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पारेका छन् ? उनीहरुको अवस्था कस्तो छ ?

    मुख्यतः वैदेशिक रोजगार व्यवसायीहरूले देशको अर्थतन्त्रलाई उल्लेख्य टेवा पु¥याउने भरपर्दो माध्यम बनेका छन् । त्यसमा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु प्रमुख हुन् । वैदेशिक रोजगारीमा जाने श्रमिकले पठाएको रेमिट्यान्सले धानेको हाम्रो देशलाई सरकारले दिनुपर्ने जति प्राथमिकता र ध्यान दिएको छैन ।  

    बितेको १५ वर्षमा ५० लाख भन्दा बढी नेपाली वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेको तथ्यांक वैदेशिक रोजगार व्यवसायी संघसँग छ । यो पुनः श्रम स्वीकृती लिने बाहेकको संख्या हो ।

    नेपालले ११० मुलुकलाई संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुला गरेकामा व्यक्तिगत श्रम स्वीकृतीमा करिब १७२ मुलुकमा नेपालीहरू कामकालागि गएको पाइन्छ । 

    हालसम्म कति नेपाली श्रमिकहरू वैदेशिक रोजगारीका लागि विदेशियका छन् ? वैदेशिक रोजगारका लागि नेपालीहरू मुख्यतः कुन–कुन देश गएका छन् ? 

    वैदेशिक रोजगारीको निम्ति विदेशियका नेपालीहरूको पुरक तथ्याङ्क खोज्ने हो, भने सरकारसँग पनि छैन । उनीहरू विभिन्न माध्यमबाट विदेशियका छन् । कोही वैधानिक त कोही अवैधानिक बाटो भएर गएका छन् । जसको कारण सही डाटा सरकारले पनि राख्न सकेको छैन ।

    करिब ४५ लाख जनशक्ति वैदेशिक रोजगारीमा क्रममा रहेको आकडा छ । दैनिक १ हजार ५ सयको संख्यामा विदेशिने क्रम जारी रहँदा यो संख्यामा उल्लेख्य वृद्धि हुनु त छँदैछ ।

    वैदेशिक रोजगारीको निम्ति विदेशियका नेपालीहरूमध्ये सबैभन्दा धेरै भारत भएपनि यस बाहेकका अन्य देश मलेसिया र खाडी मुलुकरूमा पुगेका छन् ।

    मलेसियासहित खाडीमा पुग्ने नेपालीहरूको संख्यालाई प्रतिशतमा हेर्ने हो भने ८६.४२ प्रतिशत हिस्सा यी देशहरुले ओगटेको छ । चालु आव २०८०/८१ को ११ महिना साउनदेखि जेठ मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ८२ हजार ३८६ जना नेपाली गएका डाटा हामीसँग उपलब्ध छन् । 

    जेठमा मात्र ७२ हजार ६ सय ८१ जना रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला छन् । गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार पुगेको थियो । यो उच्चतम सख्या हो ।

    111.JPG

    कस्ता उमेरका नेपालीहरु वैदेशिक रोगजारीकालागि विदेश गएका छन् ? सरकारले यो विषयमा कस्तो भूमिका खेलेको छ ?

    उत्पादनशील उमेर समूह भनेर मानिने जनसंख्याको ५७ प्रतिशत जनसंख्या वैदेशिक रोजगारीमा संलग्न छ । ६० वर्षभन्दा माथिका जनसंख्यामा पनि करिब ८.१ प्रतिशतले रोजगारीका लागि विदेशमा पसिना चुहाइरहेका छन् ।

    यो विषयमा सरकार जानकार त पक्कै छ तर यस क्षेत्रमा गर्नुपर्ने कामको बारेमा चाहिँ सरकार जानकार नभएको अनुभूत हुन्छ ।  

    करिब तीन करोड जनसंख्या भएको मुलुकमा १५ वर्षमाथि काम गर्ने उमेरको जनसंख्या अहिले दुई करोड आठ लाख छ । देश विकासका लागि यो महत्त्वपूर्ण अवसर हो । तर, दुर्भाग्य देशको आधाभन्दा बढी जनसंख्या रोजगारीका लागि विदेशमा छ ।

    सरकारले वैदेशिक रोजगारीको लागि पठाउने कम्पनी र म्यानपावर एजेन्सीलाई कुन रूपमा हेर्ने गरेको पाइन्छ ?

    आम नागरिकको म्यानपावर व्यावसायी र तिनका कर्मचारीहरूलाई हेर्ने दृष्टिकोण र बुझाइ सकारात्मक छैन ।

    जसको कारण हामी व्यावसायी र सरकार दुवै हो । बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पु¥याउन वैदेशिक रोजगार व्यवसायी र यस क्षेत्रलाई सरकारी तवरबाट अवमूल्य गरिनु हामी वैदेशिक रोजगार व्यवसायीको निम्ति चिन्ताका साथै चासोको विषय पनि हो । 

    मुलुकमा उद्योगधन्दा र कारखानाको विस्तार नहुनु र भएको पनि बन्द हुँदा बेरोजगारीको समस्या झन् बढेर गएको छ । ठूलो ऋण लिएर विदेश जाने क्रम बढ्न थालेको छ ।

    1.JPG

    वैदेशिक रोगजारीमा गएका श्रमिकहरूले देशको आर्थिक विप्रेषणमार्फत गरिबी घटाउन कस्तो सहयोग गरेको छ ? 

    वैदेशिक रोजगारीले देशमा गरीव घटाउने काम गरेको छ । यसले आर्थिक विप्रेषणमार्फत गरिबी घटाउन सहयोग गरेको छ । बितेको १४ वर्षमा वैदेशिक रोजगारी मार्फत देशमा ८४.६६ खर्ब रुपैयाँ भित्रिएको छ । यो आधिकारीक रूपमा भित्रिएको रकमको विवरण हो ।

    हुन्डी या अन्य माध्यमबाट आउने रकम त छँदैछ । गत आर्थिक वर्षमा खाडी मुलुकबाट मात्रै ९ खर्ब ८६ अर्ब रुपैयाँ नेपाल भित्रिएको बोर्डले जनाएको छ । 

    विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र उद्यमशीलता स्वदेशमा आएको छ र आंशिक रूपमा तीनको प्रयोग पनि भएको छ । जनताको जीवनस्तर सुधारमा योगदान गरेको छ । 

    मृत्युसँगै श्रमिकहरुले  रेमिट्यान्स साटेका जस्तो लाग्दैन ? 

    दुखद विषय हो, यो । नचाहँदा नचाहँदै पनि यस्ता समस्याहरू धेरै आउने गरेका छन् । विदेशमा विभिन्न कारणले श्रमिकहरुको मृत्यु हुने गर्छ । कतिपय विरामी हुन्छन् । सम्झौता अनुसारको तलब नपाउने र अलपत्र पर्ने क्रम पनि बढेको छ ।

    वैदेशिक रोजगारीका क्रममा विगत १५ वर्षमा १० हजारभन्दा धेरै नेपालीको मृत्यु भएको छ । मृत्यु हुने क्रम वर्षेनि बढ्दो छ । विदेशमा ज्यान गुमाउने श्रमिकको ग्राफ बढ्दो भए पनि सरकार उदासिन देखिन्छ । 

    कतिपय व्यक्तिको त मृत्युको कारण थाहा नभएर गन्तव्य मुलुकबाट शव नेपाल पठाउँदा त्यसका साथ पठाइने कागजातमा त्यस्तो कारणै खुलाइएको पाइँदैन । कारणहरू थाहा भए नेपालबाट जाने श्रमिकलाई त्यस्ता समस्याबाट जोगिन आवश्यक प्रशिक्षण दिन सकिन्थ्यो ।

    सम्बन्धित देशको सरकारी अस्पतालले प्रायः सबैखाले मृत्युलाई ‘ नेचुरल डेथ ’  भनी रिपोर्ट दिने गरेको आकलन सहजै गर्न सकिन्छ । श्रमिकको मृत्युको कारण यकिन गर्न सरकारी तवरबाट नै रोजगारदाता देशसँग कूटनीतिक पहल गरिनुपर्छ ।

    विदेशबाट स्वदेश फर्किएका नेपालीहरूलाई तपाईंको सुझाव के छ ?

    विदेशबाट स्वदेश फर्केका युवाहरूको सीपलाई प्रयोग गर्ने जिम्मा राज्यले लिनु पर्छ । जुन कागजी रूपमा मात्र होइन, व्यावहारिक रूपमा सरकारले ल्याउन सके वैदेशिक रोजगारीको समस्या समाधान गर्न सकिन्छ । विदेशमा आर्जित रकम र सिपले स्वदेशमा उद्यम र स्वरोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न प्रोत्साहन गर्नुपर्छ ।

    युरोप लगायत अन्य देशहरुमा नेपाली कामदार पठाउन व्यावसायीहरुलाई कस्तो समस्या छ  ?

    सरकारले युरोप लगायत अन्य देशहरुको कामदार मागपत्र प्रमाणिकरण नगरेकोले नेपाली युवायुवतीहरु इलिगल बाटो हुदैँ गन्तव्य देश गएका छन् । जसको कारण देशलाई आर्थिक घाटा भएको छ ।

    वैदेशिक रोजगार व्यावसायीहरुले वैधानिक मध्यमबाट दक्ष कामदारहरु पठाउन नपाउँदा बेथिती समेत बढेको छ । त्यसैले नेपाल सरकार र सम्बन्धित निकायले डिमाण्ड लेटर अर्थात् कामदार मागपत्र अनलाइन मार्फत प्रमाणिकरण गरी वैधानिक बाटो मार्फत युरोप लगायत अन्य देशहरु कामदार पठाउन सहजिकरण गर्नु पर्छ ।

    अन्त्यमा : वैदेशिक रोजगारी अर्थतन्त्रको मुख्य आधार हो । रोजगार, आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पु¥याएको योगदानको दृष्टिले वैदेशिक रोजगार नेपालमा ज्यादै महत्त्वपूर्ण छ ।

    सरकारले लगानीमैत्री वातावरण बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गरी रोजगारीका क्षेत्रको विस्तार गर्ने, उद्योग, व्यापार, पर्यटन, निर्माण आदि क्षेत्रको प्रवद्र्धन गर्ने, उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्ने, उद्यमशीलता तथा स्वरोजगारी प्रवद्र्धनका कार्यक्रमलाई स्थानीय स्तरसम्म वितरण गर्ने, व्यापक जनशक्तिलाई परिचालन गरे वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या कम हुन्छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार